११ साउन २०८३, सोमबार

जोकोभिच र फेडेरर तेस्रो चरणमा

जेठ २१, २०७८
जोकोभिच र फेडेरर तेस्रो चरणमा

सर्बियन स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

पेरिसमा बिहीवार राति भएको खेलमा उरुग्वेका पाब्लो क्युभासलाई हराएर जोकोभिच तेस्रो चरणमा पुगेका हुन् ।

विश्व नम्बर एक समेत रहेका जोकोभिचले क्युभासलाई ६-३,६-२ र ६-४ ले पराजित गरे ।

पुरुषतर्फ नै स्विस खेलाडी रोजर फेडेररले तेस्रो चरणमा स्थान बनाएका छन् ।

पूर्व विश्व नम्बर एक फेडेररले मारिन सिलीचलाई पराजित गरे ।

२० पटकको ग्राण्डस्लाम विजेता फेडेररले मारिनमाथि ६-२,२-६,७-६(७-४) र ६-२ को सेटमा जित निकाले ।

salt training

कमेन्ट गर्नुहोस्