२५ असार २०८३, बिहीबार

सलमान खानसँग निहुँ खोजेपछि डराएर केआरकेले घर बेचेको दाबी (भिडियो)

जेठ २१, २०७८
सलमान खानसँग निहुँ खोजेपछि डराएर केआरकेले घर बेचेको दाबी (भिडियो)

भारतका यूट्युबे समीक्षक तथा कलाकार कमाल आर खान (केआरके) सलमान खानसँग निहुँ खोजेर चर्चामा छन् । 

सलमानको राधे फिल्मको समीक्षा गर्दै धज्जी उडाएपछि सलमानका वकिलले कमाललाई मानहानिको नोटिस पठाएका थिए । 

यसैबीच सलमानको प्रतिरक्षा गर्दै गायक मिका सिंह पनि आएपछि कमालले मिकालाई रद्दी गायक भन्दै अपमान गरेका छन् । 
 

मिका सिंहले आफू कमालको घर गएको र त्यहाँ जाँदा कमालले घर बेचिसकेको थाहा पाएको दाबी गरेका छन् । 

कमाल अहिले दुबईमा बस्छन् । मुम्बईमा रहेको कमालको घर मिका सिंहको स्टुडियो नजिक छ ।

त्यसैले मिकाले कमालको घर गएर मतभेद हटाउने कोशिश गरेको तर घर जाँदा कमालको नेमप्लेट हटिसकेको र उनी त्यहाँबाट डराएर भागिसकेको बताए । 
 

मिकाले कमाललाई नडराउन र फर्केर आउन भनेका छन् । 

यस विषयमा मिकाले आफ्नो ट्विटर अकाउन्टमा भिडियो राखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्