
चीनको युन्नान प्रान्तमा जंगली हात्तीहरूको एक बथान राजमार्गको बाटो हुँदै ५०० किलोमिटर हिँडेर खुनमिङ शहर पुगेको छ ।
पन्ध्रवटा हात्ती बाटोमा भेटिएका खेतको अन्नबाली खाँदै अनि घरका ढोकामा सुँढ छिराउँदै खुनमिङ पुगेका हुन् ।
त्यहाँ उनीहरूका लागि सयौं किलो खानेकुरा तयार राखिएको छ र सुरक्षित राख्न कोशिश गरिएको छ ।
उनीहरू आफ्नो वासस्थानबाट यो यात्रामा किन हिँडेका हुन् भन्ने स्पष्ट छैन । तर उनीहरूको यात्राले स्थानीय तथा विज्ञहरूलाई मन्त्रमुग्ध बनाएको छ ।
अनुभवहीन नेता हात्तीले उनीहरूलाई गलत बाटो लगेको हुन सक्ने केहीले विश्वास गरेका छन् । अरूले चाहिँ यी हात्तीहरू नयाँ वासस्थानको खोजीमा रहेको अनुमान गरेका छन् ।
एसियाली हात्ती जोखिममा परेको प्रजाति हो । चीनमा करीब ३०० मात्र जंगली हात्ती छन् र तिनीहरूमध्ये धेरैजसो युन्नान प्रान्तमा छन् ।
जंगली हात्तीहरू आफ्नो वासस्थानबाट यति पर गएको यो पहिलो घटना भएको वैज्ञानिकहरू बताउँछन् ।
Defying redirection attempts after a journey of several hundred miles, a herd of 15 wild elephants reached the outskirts of Kunming, the capital of China's Yunnan province pic.twitter.com/6666dwlAzs
— Reuters (@Reuters) June 4, 2021