काठमाडौं २० जेठ– संसदमा सुरु भएको प्रधानमन्त्री निर्वाचन प्रक्रिया अबैध भएको दावीसहित नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनका लागि तोकिएको आइतवारको संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।
एमाले स्थायी समितिको शनिवार बसेको बैठकले प्रधानमन्त्रीको उम्मेदवारी नदिने र संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको हो । ‘प्रधानमन्त्री निर्वाचन प्रक्रिया अवैध भएकाले उम्मेदवारी नदिने निर्णय गरेका छौं’ बैठकपछि अध्यक्ष केपी ओलीले भने, ‘भोलिको बैठक बहिस्कार गछौं ।’
एमालेले प्रधानमन्त्री निर्वाचनको प्रक्रिया शुरु गर्न सभामुखले संसदको बैठकमा जानकारी गराएपछि मात्र निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने ठहर गरेको छ । सभामुखले संसदको बैठकमा निर्वाचन मिति घोषणा गरेपछि मात्र प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु हुनेमा पहिलै सूचना टासिएकोले निर्वाचन प्रक्रिया नै अवैध भएको एमालेको जिकीर छ ।