१९ असार २०८३, शुक्रबार

किरियापुत्री बसेका दुई दम्पतीको आगलागीमा परेर मृत्यु

जेठ २१, २०७८
किरियापुत्री बसेका दुई दम्पतीको आगलागीमा परेर मृत्यु

सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ ।

गए राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए। 

सात दिनअघि बित्नु भएका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बसेका दम्पतीको गए राति आफ्नै घरमा आगलागीमा परेर मृत्यु भएको हो ।

आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र उनकी पत्नी कमलाको घटनास्थमै मृत्यु भएको उनले जानकारी दिए।   

salt training

कमेन्ट गर्नुहोस्