जेठ ७, २०७९
हावाहुरी र चट्याङ जस्ता प्राकृतिक विपत्तिको घटनामा परेर ५ जनाको मृत्यु भएको छ । यस्तै १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बितेको २४ घण्टामा सो घटना...
काठमाडाैं | जेठ २१, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेका मन्त्रालयमा चित्त नबुझेपछि महत्त्वपूर्ण मन्त्रालय दाबी गर्दै जसपा अध्यक्ष महन्थ ठाकुर शुक्रवार फेरि बालुवाटार पुगेका छन् ।
८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने तयारी गरेको जसपाले प्रधानमन्त्रीले प्रस्ताव गरेका मन्त्रालय हेरफेरको माग गरेको छ ।
जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपालाई शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्यन, खानेपानी तथा सरसफाइ, भूमिसुधार, श्रम तथा रोजगार, महिला बालबालिका तथा जेष्ठ नागरिक, वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।
जसपा नेताहरूसँग सोमवार भएको छलफलमा पूर्व माओवादी खेमाले सम्हालेका मध्ये गृह बाहेकका मन्त्रालय लिने सहमति भएको नेताहरूले बताएका छन् । पूर्व माओवादी
ले लिएकामध्ये उद्योग वाणिज्य तथा आपूर्ति र ऊर्जा तथा जलस्रोत मन्त्रालयमा जसपाले दाबी गरेको छ ।
यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि जसपाले मागेको छ । ‘पार्टीका शीर्ष नेताको व्यवस्थापनका लागि अहिले प्रस्ताव गरिएका मन्त्रालयमा असन्तुष्टि बढेकाले महत्त्वपूर्ण मन्त्रालय माग्न ठाकुर बालुवाटार जानु भएको हो,’ जसपा स्रोतले लोकान्तरसँग भन्यो ।
सोमवार भएको ‘भद्र सहमति’अनुसार जसपाले राजेन्द्र महतोलाई आपूर्ति, शरतसिंह भण्डारीलाई ऊर्जा र अनिल झालाई शहरी विकास मन्त्रालयमा पठाउने तयारी गरेको थियो ।
जसपा सरकारमा सहभागी हुने भएपछि एमालेका तर्फबाट मन्त्री बनेका केहीको जिम्मेवारी हेरफेर र केही बिदा हुने सम्भावना छ ।
मन्त्रालयमा सहमति जुटेमा मन्त्रीहरूको शपथ आजै हुने सम्भावना छ ।
हावाहुरी र चट्याङ जस्ता प्राकृतिक विपत्तिको घटनामा परेर ५ जनाको मृत्यु भएको छ । यस्तै १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बितेको २४ घण्टामा सो घटना...
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन शाह) ले फराकिलो अग्रता बनाएका छन् । यस्तै नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि निकटतम् प्रतिद्वन्द्वीको भन्दा झण्डै तेब्बर ब...
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाइरहँदा एमालेका उम्मेदवार केशव स्थापितसँग काँग्रेस उम्मेदवार सिर्जना सिंहले भने मतान्तर घटाएकी छन् । अहिले यी दुई उम्मेदवार बीचको ...
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा काँग्रेसबाट मेयरको उम्मेदवार रहेकी सिर्जना श्रेष्ठ दोस्रो स्थानमा उक्लिएकी छन् । शनिबार राति १० बजे जानकारी गराइएको आधिकारिक मतपरिणामअनुसार सिर्जना दोस्रो स्थानमा उक्लिएकी ...
चितवनको भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता ७ हजार नजिक पुगेको छ । शनिबार ११ बजेको मतपरिणाम अनुसार उनले ६९३९ मतको अग्रता बनाएकी हुन् । ८३१११ गणना ...
भरतपुर महानगरपालिकाको मेयर पदकी उम्मेदवार रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । शनिबार राति ८ बजेको मतपरिणामअनुसार उनले अर्का उम्मेदवार एमालेका विजय सुवेदीसँग ६६६६ मतको अग्रता बनाएकी हुन् । ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...