३१ असार २०८३, बुधबार
कोरोना अपडेट

पछिल्लो २४ घन्टामा थप  ६ हजार ६५३ जनामा कोरोना संक्रमण, १ सय १ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा थप  ६ हजार ६५३ जनामा कोरोना संक्रमण, १ सय १ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा मुलुकभर थप  ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कुल २० हजार ८१३ एन्टिजेन तथा पीसीआर परीक्षणमाा सो संख्यामा संक्रमण पुष्टि भएको शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । 

यस दिन १ सय १ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७३१ पुगेको छ । 

यस दिन ८ हजार ६३१ जनाम संक्रमित उपचार पछि निको भएका छन् । यससँगै मुलुकभर ४ लाख ७६ हजार १३० संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । 

निको हुने दर ८१.९ प्रतिशत रहेको छ । 

यस्तै ७ सय ५५ जना क्वार्न्टीनमा रहेका छन् । 

 

salt training

कमेन्ट गर्नुहोस्