२३ असार २०८३, मंगलबार
मन्त्रिपरिषद् पुर्नगठनको तयारी

उपप्रधानमन्त्री सहित महतोले सरकारमा जसपाको नेतृत्व गर्ने, आजै शपथ !

उपप्रधानमन्त्री सहित महतोले सरकारमा जसपाको नेतृत्व गर्ने, आजै शपथ !
फाइल तस्वीर

उपप्रधानमन्त्री सहित जनता समाजवादी पार्टीको तर्फबाट राजेन्द्र महतोले सरकारमा नेतृत्व गर्ने भएका छन् । जसपा बाट मन्त्री बन्न लागेकाहरूलाई शुक्रवार साझ ६ बजे शपथ गराउने तयारी रहेको स्रोतले बतायो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले शुक्रवार दिउसो बालुवाटारमा छलफल गरेपछि शपथको टुंगो लागेको हो । 

महतोले उपप्रधानसहित शहरी विकास मन्त्रालय सम्हाल्ने छन् । जसपाको तर्फबाट शरतसिंह भण्डारीले उर्जा तथा जलस्रोत  मन्त्रालयको नेतृत्व गर्नेछन् ।

अरुको टुंगो लाग्दैछ । प्रतिनिधि सभा विघटन अगावै सांसद नभएका व्यक्ति पटक पटक मन्त्री बन्न नपाउने भन्दै सर्वोच्चले रोक लगाइदिएपछि पूर्वमाओवादी खेमाका नेताहरुले सम्हालेका यी मन्त्रालय खाली छन् । 

६ बजेका लागि शपथ तय भएको जसपा नेता एवं पूर्व सांसद प्रमोद साहले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्