१० साउन २०८३, आइतबार
मन्त्रिपरिषद् पुनर्गठन

सरकारमा पौडेल, महतो र महासेठ उपप्रधानमन्त्री, ८ बजे शपथ

सरकारमा पौडेल, महतो र महासेठ उपप्रधानमन्त्री, ८ बजे शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरी ३ जना उपप्रधानमन्त्री बनाएका छन् ।

अर्थमन्त्री विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् भने २ जना नयाँ मन्त्रीले उपप्रधानमन्त्रीको शपथ गर्दैछन् ।

जसपाका नेता राजेन्द्र महतो शहरी विकास मन्त्रालयमा उपप्रधानमन्त्री बनेर शपथ लिँदैछन् । एमालेका रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र मन्त्री बन्दैछन् । 

यसअघि सरकारमा ईश्वर पोखरेल मात्र उपप्रधानमन्त्री थिए । मन्त्रीहरूको शपथ अहिले साँझ ८ बजेका लागि तय भएको छ ।

जसपाका ८ सहित एमालेका महासेठ र शेरबहादुर तामाङले मन्त्री पदको शपथ लिँदैछन् । तामाङ स्वास्थ्य मन्त्री बन्न लागेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्