२३ असार २०८३, मंगलबार

इलाममा फेरि थपियो निषेधाज्ञा

इलाममा फेरि थपियो निषेधाज्ञा

इलाममा निषेधाज्ञाको समयावधि फेरि थप गरिएको छ । उच्चदरमा फैलिँदै गइरहेको कोरोनाको सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्ला कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञाको समयावधि जेठ २२ गतेदेखि जेठ ३१ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।
     
यसअघि जेठ १२ गतेदेखि जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काद्वारा जारी सूचनाअनुसार निषेधाज्ञाको समयावधिमा औषधि उपचारलगायतको अत्यावश्यक कामका लागिबाहेक घरबाहिर निस्कन र हिँडडुल गर्न निषेध गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्