
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शुक्रबार पुनर्गठन गरेको मन्त्रिमण्डलमा प्रधानमन्त्री केपी ओलीलाई थप ७ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
ओलीलाई उद्योग, बाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी, गृह, रक्षा, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।