२४ असार २०८३, बुधबार

प्रदीप ज्ञवालीले फिर्ता गरे गाडी, भोलि मन्त्री निवास छाड्ने

प्रदीप ज्ञवालीले फिर्ता गरे गाडी, भोलि मन्त्री निवास छाड्ने

परराष्ट्र मन्त्रीको जिम्मेवारी पूरा गरी बिदा भएका एमाले नेता प्रदीप कुमार ज्ञवालीले  शुक्रबार नै गाडी फिर्ता गरेका छन् । उनले आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आजै मन्त्रालयलाई फिर्ता गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
उनले  पुल्चोक स्थित सरकारी निवास भोलि बिहान छाड्ने पनि जानकारी  गराएका छन् ।

यस्तै उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
उनले मन्त्री रहँदाको अवधिमा विदेश  भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापत्को लेभी ६,२०,००० गरी  जम्मा ९,३४,९३० रुपैयाँ पार्टी खातामा जम्मा भएको बताएका छन् । त्यसमा पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको  र हाल आफ्नो खातामा ७,४१,७७५ रुपैयाँ ६० बचत रहेको जानकारी गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्