
इंग्लिस प्रिमियर लिग फुटबलको ड्रिम टिम ‘पीएफए टिम अफ द इयर’ को घोषणा भएको छ ।
प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले शुक्रवार ‘पीएफए टिम अफ द इयर’ को घोषणा गरेको हो ।
पीएफए ड्रिम टिममा च्याम्पियन म्यानचेस्टर सिटीका खेलाडीको बाहुल्यता रहेको छ ।
प्रिमियर लिगमा यस सिजन उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सम्मलित टिममा सिटीका ६ खेलाडी परेका छन् । यस्तै टोटेनहम र म्यानचेस्टर युनाईटेडका २/२ र लिभरपुलका १ खेलाडी अटाएका छन् ।
