०२ असार २०८३, मंगलबार

मोदीले योगीलाई दिएनन् विशेष शुभकामना, के छ गडबड ?

जेठ २३, २०७८
मोदीले योगीलाई दिएनन् विशेष शुभकामना, के छ गडबड ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जन्मदिनमा शुभकामना नदिएपछि दिल्ली र लखनउबीच अनबनको स्थितिको आकलन भारतीय विश्लेषकहरूले गरेका छन् । 

गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष जेपी नड्डाले पनि योगीलाई शुभकामना दिएनन् । 

विपक्षी दलका नेतालाई समेत खोजीखोजी जन्मदिनको शुभकामना दिने मोदीले आफ्नो ट्विटर ह्यान्डलबाट योगीलाई शुभकामना नदिनुको कारणका विषयमा सोधखोज भइरहेको छ । 

यसैबीच उत्तर प्रदेशमा विगत दुई सातादेखि राष्ट्रिय स्वयंसेवक संघ र भाजपाका केन्द्रीय नेताहरूबीच बैठक भयो । उत्तर प्रदेशमा नेतृत्व परिवर्तनका साथै राजनीतिक उथलपुथल हुन लागेको अनुमान गरिए । तर त्यस्तो केही भएन र योगी मुख्यमन्त्री बनिरहे । 

भाजपाले त्यस्ता सबै अनुमान झूटो भएको बताएको छ । 

भाजपाका अनुसार, अहिले देश कोरोनाको दोस्रो लहरबाट आक्रान्त छ । त्यसैले प्रधानमन्त्रीको संवेदना देशको जनताप्रति छ र उनले कुनै पनि नेतालाई जन्मदिनको शुभकामना दिनका लागि समय छुट्ट्याएका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्