२४ जेठ २०८३, आइतबार

सरकारमा कांग्रेसको प्रवेश, कर्णालीमा २ मन्त्रीले लिए शपथ

सरकारमा कांग्रेसको प्रवेश, कर्णालीमा २ मन्त्रीले लिए शपथ

केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा रहेको नेपाली कांग्रेस २ वटा मन्त्रालय लिएर प्रदेशको सरकारमा सहभागि भएको छ ।

कांग्रेसका २ सांसदले कर्णाली प्रदेश सरकारमा मन्त्रीको शपथ लिएका छन् । 

आइतवार कर्णाली प्रदेश सरकारको जलश्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसीले शपथ लिएका हुन् ।

प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले मन्त्रीद्वयलाई शपथ खुवाएका हुन् । 

कांग्रेस सरकारमा सहभागि भएसँगै कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार बलियो भएको छ ।

नेकपा विभाजनसँगै अल्पमतमा परेका शाहीलाई कांग्रेसले काँध थापेपछि सरकार जोगिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्