
पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अहिले एमाले एकताका लागि अन्तिम प्रयास भएको बताएका छन् ।
उनले यो अन्तिम प्रयास भएको भन्दै पारिवारिक मिलन नभए अलग हुन समेत भनेका छन् ।
उनले सोमवार ट्वीटरमा लेखेका छन् ,'अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलई दुईतीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा। के गर्नु? आफ्नै हुन माया लाग्छ । राष्ट्रकवि माधब घिमिरेको गौरी शोककाब्यमा जस्तै बनाए । यी हाँसे पनि रोए पनि बुढालाई पीरैपीरमा राख्ने भए।लास्ट प्रयास!पारिवारिक मिलनको नत्र बाक्लो दाल खाऊ।'
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई नेकपा एकताअघिकै अवस्थामा तयार रहेको घोषणासहित एकता आह्वान गरेपछि अहिले यसबारे टिकाटिप्पणी भइरहेको छ ।
अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलई दुईतीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा।के गर्नु? आफ्नै हुन माया लाग्छ ।राष्ट्रकवि माधब घिमिरेको गौरी शोककाब्यमा जस्तै बनाए।यी हाँसे पनि रोए पनि बुढालाई पीरैपीरमा राख्ने भए।लास्ट प्रयास!पारिवारिक मिलनको नत्र बाक्लो दाल खाऊ।
— Gokul Prasad Baskota (@GokulPBaskota) June 7, 2021