१० साउन २०८३, आइतबार

प्रतिनिधि सभा विघटनका मुद्दा पेशीमा चढेन, आज सुनुवाइ नहुने

प्रतिनिधि सभा विघटनका मुद्दा पेशीमा चढेन, आज सुनुवाइ नहुने

प्रतिनिधि सभा विघटन विरुद्धका मुद्दाहरूमा आज सुनुवाइ नहुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विघटनको मुद्दालाई आज पेशीमा नचढाएका हुन् ।

यसअघि आइतवारको सुनुवाइमा महान्यायाधिवक्ता रमेश बडालसहित सरकारी पक्षका वकिलले इजलास पुनर्गठनमा प्रश्न उठाएका थिए ।

त्यसपछि रिटहरूलाई हेर्दाहेर्दैमा राखेर स्थगित भएको इजलास आज नबस्ने भएको हो ।

सर्वोच्च अदालतको आधिकारिक वेबसाइटमा आज अन्य ३ इजलास मात्र बस्ने उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्