२२ जेठ २०८३, शुक्रबार

कोभिडलाई महामारी घोषणा गर्नुअघि नै चिनियाँ वैज्ञानिकले खोपको पेटेन्ट दर्ता गरेको खुलासा

जेठ २४, २०७८
कोभिडलाई महामारी घोषणा गर्नुअघि नै चिनियाँ वैज्ञानिकले खोपको पेटेन्ट दर्ता गरेको खुलासा

चीनका एक सैन्य वैज्ञानिकले कोेभिडलाई विश्वव्यापी महामारी घोषणा गरिनुअघि नै त्यसविरुद्धको खोपको पेटेन्ट अधिकार दर्ता गराएको खुलासा भएको छ । 

युसेन चोउ चिनियाँ जनमुक्ति सेनामा कार्यरत थिए र उनले चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट पेटेन्टका लागि सन् २०२० फेब्रुअरी २४ मा कागजात बुझाएको द अस्ट्रेलियन नामक पत्रिकाले खबर दिएको छ । 

चीनले कोरोनाभाइरस मानिसबाट मानिसमा सर्छ भनी पुष्टि गरेको पाँच हप्ता मात्र भएको बेलामा पेटेन्ट दर्ता गराइएको हो । 
 

चोउले वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका वैज्ञानिकहरूसँग नजिकै बसेर काम गरेको पनि बताइएको छ । चमेराहरूमा कोरोनाभाइरसको अनुसन्धान गर्ने प्रयोगशालाकी उपनिर्देशक शी चङ्लीसँग पनि उनको साँठगाँठ थियो । 

भाइरस प्रयोगशालाबाट चुहिएको भन्ने अनुमानले बल पाइरहेको बेलामा उनीहरूको सम्बन्धबाट चीनसँग मानिसहरूमा संक्रमण हुने विषयमा जानकारी रहेको र पछि बल्ल उनीहरूले अन्तर्राष्ट्रिय समुदायलाई बताएको पाइएको छ । 
 

चोउ पेटेन्ट दर्ता गरेको तीन महिनाभन्दा कम समयमा बितेका थिए । उनी चीनको अग्रणी वैज्ञानिक भए पनि उनको मृत्युको खबर एउटा चिनियाँ सञ्चारमाध्यमले मात्र दिएको द न्युयोर्क पोस्टले खबर दिएको छ ।
 

चोउले मिनेसोटा विश्वविद्यालय तथा न्युयोर्क ब्लड सेन्टर लगायत अमेरिकी संस्थासँग मिलेर अनुसन्धान गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्