०२ असार २०८३, मंगलबार

पाकिस्तानमा दुई यात्रुवाहक ट्रेन जुध्दा मर्नेको संख्या ३० पुग्यो

जेठ २४, २०७८
पाकिस्तानमा दुई यात्रुवाहक ट्रेन जुध्दा मर्नेको संख्या ३० पुग्यो

पाकिस्तानको धार्की शहर नजिक सोमवार दुईवटा यात्रुवाहक ट्रेनहरू ठोकिँदा मर्नेको संख्या ३० पुगेको छ भने अन्य ५० जना घाइते भएका छन् । 

पाकिस्तान रेलवेजका प्रवक्ताका अनुसार, कराचीबाट सरगोदा जाँदै गरेको मिल्लत एक्सप्रेस ट्रेन पटरीबाट खसेर तलको ट्य्राकमा खसेको थियो । त्यसपछि त्यो रावलपिण्डीबाट आएको सर सइद एक्सप्रेस ट्रेनसँग ठोकिन पुग्यो । 
घटना राइती रेलवे स्टेसन नजिक भएको हो । 
 

रोहडीबाट एउटा राहत ट्रेन पठाइएको अनि प्रहरी तथा स्थानीय प्रशासनले उद्धार कार्य जारी राखेको पनि प्रवक्ताले जानकारी दिए । कराची, सुक्कुर, फैसलाबाद र रावलपिण्डीमा यात्रुहरूका लागि हेल्पलाइन सेन्टर बनाइएको उनले बताए । 
 

मिल्लत एक्सप्रेस ट्रेनको कुच्चिएको भागमा अझै पनि १५ देखि २० जना यात्रु च्यापिएको र अधिकारीहरूले भारी यन्त्र उपयोग गरी ती यात्रुहरूलाई निकाल्न खोजेको घोटकीका एसएसपी उमर तुफेलले बताए । 

एउटा बोगी अझै पनि कुच्चिएको अवस्थामा रहिरहेकाले मृत्यु संख्या अझै बढ्ने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्