२१ जेठ २०८३, बिहीबार

जसपा, कांग्रेस र माओवादीबीच प्रदेश सभामा मिलेर जाने सहमति

जेठ २४, २०७८
जसपा, कांग्रेस र माओवादीबीच प्रदेश सभामा मिलेर जाने सहमति

२ नम्बर प्रदेश सभामा पर्सि बुधवार पेश हुने सरकारको नीति तथा कार्यक्रममा मिलेर जाने विषयमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति जुटेको छ ।

जसपाभित्र विवाद चर्किएर अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीलाई पदमुक्त गरिएपछि अध्यक्ष उपेन्द्र यादव पक्षले कांग्रेस र माओवादीसँग सहमति गरेको हो ।

सरकारको नीति तथा कार्यक्रम सहमतिमै प्रदेश सभामा लैजाने सहमति भएको सत्ता सहकार्यका लागि गठित वार्ता टोलीका सदस्य तथा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

‘सरकारमा सहभागी हुने विषयमा कांग्रेस र माओवादी केन्द्रसँग सहमति जुटेको छ, सहमतिमै प्रदेश सभामा पर्सि नीति तथा कार्यक्रम पेश हुनेछ,’ साहले भने, ‘कुन दललाई कति मन्त्रालय दिने भन्ने बाँडफाँड भइसकेको छैन ।’

अध्यक्ष ठाकुर पक्ष संघीय सरकारमा सहभागी भएपछि अर्का अध्यक्ष यादव जनकपुर गएर मन्त्रिपरिषद् हेरफेर तथा कांग्रेस र माओवादीसँग सहकार्य गर्न सक्रिय भएका छन् । जनकपुर जानुअघि यादवले काठमाडौंमा कांग्रेस र माओवादी नेताहरूसँग भेटवार्ता गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्