०८ असार २०८३, सोमबार

मारमरा समुद्रमा ‘सिँगान’ आएपछि जीवजन्तु खतरामा (भिडियो)

जेठ २४, २०७८
मारमरा समुद्रमा ‘सिँगान’ आएपछि जीवजन्तु खतरामा (भिडियो)

टर्कीमा रहेको मारमरा समुद्रमा समुद्री सिँगान (सी स्नट) आएपछि जीवजन्तुहरू संकटमा परेका छन् । 

यस्तो अवस्थामा टर्कीका वातावरणमन्त्रीले यसलाई छिट्टै हल गर्ने बताएका छन् । विपत व्यवस्थापन योजना बनाएर समुद्रको भविष्यलाई सुरक्षित बनाउने उनको भनाइ छ । 

बाक्लो र चिप्लो अर्ग्यानिक वस्तुलाई मरिन म्युकिलेज भनिन्छ र त्यो इस्तानबुलको दक्षिणपट्टि समुद्रमा फैलिएको छ । 

बन्दरगाह, तटीय क्षेत्र र समुद्रको जललाई यो खैरो पदार्थ जम्मा भएको छ । यसले गर्दा सामुद्रिक प्राणीहरूको जीवन खतरामा छ । 

वातावरणमन्त्री मुरात कुरुमले मारमरा समुद्रलाई संरक्षित क्षेत्र घोषणा गरिने, प्रदूषण घटाइने र तटीय शहर तथा जहाजबाट आएको फोहर पानी सफा गर्ने बताएका छन् । 

उनले सामुद्रिक सफाइ कार्यक्रममा स्थानीय बासिन्दा, कलाकार र गैरसरकारी संस्थाहरूलाई सहभागी हुन आह्वान गरेका छन् । सफाइ मंगलवारबाट शुरू गरिनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्