०३ असार २०८३, बुधबार

जसपाको ठाकुर पक्षका २० सांसदले प्रदेशसभा बैठक बहिष्कार गर्ने

जसपाको ठाकुर पक्षका २० सांसदले प्रदेशसभा बैठक बहिष्कार गर्ने
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका २० सांसदले २ नम्बर प्रदेशसभा बैठक बहिष्कार गर्ने भएका छन् ।

ठाकुर पक्षधर प्रदेशसभा सदस्यहरूको बैठकले प्रदेशसभा बहिष्कार गर्ने निर्णय गरेको नेता परमेश्वर साह सुडीले जानकारी दिए ।

उनका अनुसार पार्टी विधान प्रक्रिया विपरीत संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरिएपछि बैठक बहिष्कार गर्ने निर्णय गरिएको छ ।

पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षधर मुख्यमन्त्री राउतले आइतवार ठाकुर पक्षधर ४ मन्त्री र राज्यमन्त्रीलाई पदमुक्त गरेका छन् । यादव पक्षधर मुख्यमन्त्री राउतले प्रदेश सभामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग मिलेर जाने सहमति गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्