
नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सोमवार भर्चुअल माध्ययमबाट बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार साँझको लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
जसपाका ८ र एमालेका २ मन्त्रीलाई थपेर ओलीले शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेका थिए । भर्चुअल माध्ययमबाट मन्त्रिपरिषद्को बैठक तय भएको नवनियुक्त एक मन्त्रीले जानकारी दिए ।
नयाँ मन्त्रीलाई निर्देशनसहित केही निर्णय लिन मन्त्रिपरिषद्को बैठक राखिएको स्रोतले बतायो ।
मन्त्रिपरिषद् बैठकका लागि मन्त्रालयका नियमित एजेण्डा रहेको स्रोतले बतायो । सोमवार बस्ने मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने सम्भावना छ ।
यसैबीच, प्रधानमन्त्री ओलीले बाँकी रहेका ७ मन्त्रालयमा पनि नयाँ मन्त्री थप गर्ने तयारी गरेका छन् । गृह, सञ्चारसहित ७ मन्त्रालयमा आज–भोलिमै मन्त्री नियुक्त गर्ने गरी छलफल चलिरहेको स्रोतले बतायो ।