काठमाडौं १३ पुस-नेपालमा समाजवादको अर्थतन्त्र कस्तो हुन्छ, राजनीति कस्तो हुन्छ, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा कस्तो व्यवस्था हुन्छ भन्ने बिषयमा साझा दृष्टिकोण बनाउन ६१ जनाको राष्ट्रिय संयोजन समिति गठन गठन भएको छ ।

पौष ११ र १२ गते काठमाडौंमा भएको कार्ल माक्र्स द्वीशतवार्षिकी राष्ट्रिय भेलाले एमाले उपमहासचिव घनश्याम भुसालको संयोजकत्वमा ६१ सदस्इि समिति बनाएको छ । समितिको उपसंयोजकमा सञ्चार मन्त्री समेत रहेका माओवादी केन्द्रका नेता राम कार्कि छन् । भेलाले ६ बुदेँ प्रस्ताव पारित गरेको छ ।
भेलाले पारित गरेको प्रस्ताव र समितिका सदस्यहरू
१. बेग्ला बेग्लै कम्युनिष्ट पार्टी, संस्था र पार्टी बाहिर रहेका ६७३ जना माक्र्सवादीहरुले एउटा साझा र बृहद मञ्चको रुपमा कार्ल माक्र्स द्वीशतवार्षिकी समारोह राष्ट्रिय समिति गठन गरिएको छ । माक्र्सवादको अध्ययन र प्रचारप्रसारमा आफूसक्दो योगदान गर्न प्रतिबद्ध र सक्रिय रहने भेलाले पारित गरेको छ ।
२. कम्युनिष्ट पार्टीका पक्षमा व्यापक जनसर्मथन हुँदाहुँदै माक्र्सवादी सिद्धान्त र व्यवहारले युक्त कम्युनिष्ट आन्दोलन निर्माण गर्न कम्युनिष्ट पार्टीहरु एकगठ नहुने प्रवृत्ति चिन्ता गर्दै त्यसैले, कम्युनिष्ट पार्टीहरु, खासगरी तिनका नेतृत्वलाई सहकार्य र एकतातर्फ जोड दिन आह्वान गरेको छ ।
यससँगै समितिले स्थानीय तहमा सिद्धान्तनिष्ठ छलफल, विमर्श र सहकार्यको सँस्कृतिलाई बढावा दिन आम कम्युनिष्ट कार्यकर्ताहरुलाई आह्वान गरेकाे छ ।
३. कार्ल माक्र्स द्वीशतवार्षिकीका अवसरमा आयोजना गरिने सबै कार्यक्रमहरुमा सहयोग र सर्मथन गर्न सबै कम्युनिष्ट पार्टीहरु, प्रगतिशील संगठन र व्यक्तिहरुलाई संस्थाले अाह्वान गरेकाे छ ।
माक्र्सको जन्म द्वीशतवार्षिकीका अवसरमा कार्ल माक्र्स द्वीशतवार्षिकी समारोह राष्ट्रिय समितिले यसका भावी कार्यक्रमहरुमा अन्य मुलुकका कम्युनिष्ट पार्टीहरु, प्रगतिशील संगठनहरु र व्यक्तिहरुसँग सहकार्यको अपेक्षा गर्दै सहकार्यका लागि सबैलाई आह्वान गरेकाे छ ।
राष्ट्रिय संयोजन समितिमा संयाेजक घनश्याम भूसाल रहेका छन् भने सह संयोजकमा राम कार्की छन् । त्यस्तै सदस्यहरूमा अरुण नेपाल, कल्याणी शाह,कोमल भट्टराई, गणेश वि.क. रहेका छन् । अन्य सदस्यहरूमा
गणेश काङवाङ, प्रेमल खनाल, गोपाल ठाकुर,गोपीरमण उपाध्याय,गरिमा शाह,जयन्ती राई रहेका छन् ।
जीवनराम श्रेष्ठ, झलकपाणी तिवारी,ठाकुर गैरे,डिपी ढकाल ,डोरप्रसाद उपाध्याय, तुल्सी धामी,नारायण सापकोटा,नरेन्द्र न्यौपाने,नरेश भण्डारी, नरेन्द्रजंग पिटर, निमबहादुर बुढा,नागेन्द्र चौधरी,पद्मा अर्याल,परशुरराम मेघी गरुङ,प्रदीप ज्ञवाली,प्रकाश ज्वाला,प्रल्हाद बुढाथोकी,बेदुराम भुसाल,बैजनाथ चौधरी, मदनमोहन चौधरी, योगेश भट्टराई,युवराज दुलाल,राजेन्द्र राई, रमेश पौडेल,रञ्जित तामाङ, रामकुमारी झाँक्री, रचना खड्का, रुपा महर्जन, राजेन्द्र प्रधान, रामप्रकाश पुरी, लालबहादुर थापा,वर्षमान पुन अनन्त,विजय पौडेल,विश्वनाथ प्याकुरेल लगायत रहेका छन् ।
त्यस्तै विश्वभक्त दुलाल आहुति, सत्रुहन महतो, शक्तिबहादुर बस्नेत,शेरबहादुर तामाङ,हरिबोल गजुरेल,हिक्मत कार्की लगायत रहेका छन् ।