१० साउन २०८३, आइतबार
एमाले विवाद

देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता नलिने नेपाल पक्षको निर्णय, विघटन फिर्ताको शर्त

देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता नलिने नेपाल पक्षको निर्णय, विघटन फिर्ताको शर्त

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै सर्वोच्च अदालतमा दर्ता गरिएको हस्ताक्षर फिर्ता नगर्ने निर्णय गरेको छ । 

पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको ६ बुँदे आह्वानबारे छलफल गर्न बसेको खनाल–नेपाल पक्षको स्थायी कमिटीको भर्चुअल बैठकले हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले लोकान्तरलाई जानकारी दिए । आफ्नो पक्षमा कुनै मतभेद नरहेको उनले बताए ।

स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले नै प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने शर्त अगाडि सारेको छ ।

‘ओलीको प्रस्ताव एकताको पक्षमा देखिएन, टालटुल पार्ने खालको भयो, नेकपाको एकताको आधारमा गर्न खोजिएको त्यो स्वीकार्न सकिँदैन । भातृ संगठनको बारेमा पनि मूलभूतरूपमा भनिएको छ त्यो हुँदैन,’ भसालले लोकान्तरसँग भने, ‘अब कारवाही गरिने छैन भनिएको छ, यसअघिको बारेमा बोलिएको छैन । यदि एकता गर्ने हो भने साँच्चिकै एकता गर्नेमा यसअघिको ६ बुँदेको आधारमा हुनुपर्छ ।’

खनाल–नेपाल पक्षले यसअघि अगाडि सारेको ६ बुँदे प्रस्तावलाई नै अगाडि सारेर फेरि आज वक्तव्य प्रकाशित गर्ने तयारी भएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्