०६ असार २०८३, शनिबार

बास्मती चामलको ट्रेडमार्कका लागि भारत र पाकिस्तानबीच हानथाप

जेठ २४, २०७८
बास्मती चामलको ट्रेडमार्कका लागि भारत र पाकिस्तानबीच हानथाप

दक्षिण एसियामा निकै रुचिपूर्वक बास्मती चामलको भात खाइने गरेको छ । तर यसको ट्रेडमार्कका विषयमा यस क्षेत्रका दुई मुलुक भारत र पाकिस्तानले विवाद गरिरहेका छन् । 

भारतले बास्मतीको एक्सक्लुसिभ ट्रेडमार्कका लागि निवेदन दिएको छ । उसले ट्रेडमार्क पाएछ भने युरोपेली संघमा बास्मतीको एकल हकदार उही हुनेछ । त्यस्तो अवस्थामा पाकिस्तानको महत्त्वपूर्ण निर्यात बजारमा पहुँचमा धक्का लाग्नेछ । 

युरोपेली आयोगबाट प्रोटेक्टेड जियोग्राफिकल इन्डिकेसन प्राप्त गर्न खोज्ने भारतको कदमलाई पाकिस्तानले विरोध गरेको छ । 

त्यसो त जियोग्राफिकल इन्डिकेसनको ट्याग पाउनका लागि नेपाल पनि हकदार मुलुक हो ।

भारत संसारको सबभन्दा ठूलो चामल निर्यातक मुलुक हो । चामलबाट उसले वर्षको ६.८ अर्ब डलर आम्दानी गर्ने गरेको छ । 

पाकिस्तान चौथो पोजिनिमा रही २.२ अर्ब डलर चामल बेचेर कमाउने गर्छ भनी संयुक्त राष्ट्रसंघको आँकडाले देखाएको छ । 
 

बास्मती चामल विश्वव्यापी रूपमा निर्यात गर्ने यी दुई नै ठूला मुलुक हुन् ।

भारत र पाकिस्तान दुवै देशमा बिरयानी खानका लागि बास्मती चामल नै प्रयोग गरिन्छ । विवाह तथा अन्य उत्सवमा बिरयानी खुब स्वाद मानेर खाने चलन छ ।
 

salt training

कमेन्ट गर्नुहोस्