०८ साउन २०८३, शुक्रबार

बूढानीलकण्ठमा देउवा, प्रचण्ड र नेपालबीच भेट

बूढानीलकण्ठमा देउवा, प्रचण्ड र नेपालबीच भेट

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

कांग्रेस सभापति देउवाको निवास बूढानीलकण्ठमा भएको भेटमा प्रतिनिधि सभा विघटनपछिको राजनीति तथा संघर्षको भावी रणनीतिका बारेमा छलफल भएको बूढानीलकण्ठ स्रोतको दाबी छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ जेठ ३ मा फर्किने भन्दै विज्ञप्ति जारी गरेपछि माधव नेपालले सोमवार प्रचण्डसँग छुट्टै भेट पनि गरिसकेका छन् ।

त्यसपछि देउवा, प्रचण्ड र नेपालबीच भेट भएको हो ।

माधव नेपाल पक्षले ओलीको विज्ञप्तिलाई नयाँ कार्ड भन्दै प्रतिनिधि सभा विघटन गरेकोमा गल्ती स्वीकार्नुपर्ने लगायतका थप शर्त अघि सारेको छ।

salt training

कमेन्ट गर्नुहोस्