०२ असार २०८३, मंगलबार

कामचलाउ सरकारले प्रेस काउन्सिलको अध्यक्ष नियुक्त गरेकोप्रति पत्रकार संगठनको आपत्ति

कामचलाउ सरकारले प्रेस काउन्सिलको अध्यक्ष नियुक्त गरेकोप्रति पत्रकार संगठनको आपत्ति
फाइल फोटो

सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्त गरेकोप्रति विभिन्न राजनीतिक दल निकट पत्रकार संगठनले आपत्ति जनाएका छन् ।

नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल, माधवकुमार नेपाल पक्ष निकट प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल र प्रगतिशील पत्रकार संघले संयुक्त विज्ञप्ति जारी गरेर कामचलाउ सरकारले अध्यक्ष नियुक्त गरेकोमा आपत्ति जनाएका हुन् ।

संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘विशेषगरी विभिन्न सरकारी स्वामित्वका सञ्चार संस्था एवं निकायमा आफ्ना कार्यकर्तालाई राजनीतिक नियुक्ति गर्ने, ती निकायमा नियुक्त व्यक्तिले सार्वजनिक संस्थालाई सरकारका पदाधिकारी तथा सरकारको नेतृत्वकर्ता पार्टीको पक्षमा परिचालन गर्ने तथा प्रेसलाई थप अंकुश लगाउने गरी भइरहेका क्रियाकलापप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पछिल्लो पटक पत्रकार आचारसंहिताको पालना गराउने र निर्वाचन आचारसंहिताको अनुगमनसमेत गर्ने अर्धन्यायिक निकायको रूपमा रहेको प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्तिको प्रक्रिया र नियत हेर्दा आफ्ना विपक्षमा लेख्ने मिडियामाथि अंकुश लगाउने, निर्वाचन धाँधली गराउने गुरुयोजना अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली लागेको स्पष्ट छ ।’

हालै मन्त्रिपरिषद् बैठकले काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्