१४ असार २०८३, आइतबार

भारतको पुणेस्थित एक फ्याक्ट्रीमा भीषण आगलागी : कम्तिमा १८ मजदुरको मृत्यु

जेठ २५, २०७८
भारतको पुणेस्थित एक फ्याक्ट्रीमा भीषण आगलागी : कम्तिमा १८ मजदुरको मृत्यु

भारतको महाराष्ट्र राज्यस्थित पुणे शहरको एक केमिकल फ्याक्ट्रीमा भीषण आगलागी हुँदा कम्तिमा १८ मजदुरको मृत्यु भएको छ । 

स्थानीय समयअनुसार सोमवार साँझ उक्त फ्याक्ट्रीमा आगलागी भएको हो ।

आगलागी हुँदा फ्याक्ट्रीमा ३७ जना मजदुर काम गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीमा ज्यान गुमाएकाहरूको परिवारका लागि दुई लाख रुपैयाँ र घाइतेको उपचारका लागि ५० हजार दिने घोषणा गरेका छन् ।

 फायर ब्रिगेड विभागका अनुसार केही मजदुरहरू अझै पनि बेपत्ता छन् र उनीहरूको खोजी कार्य जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्