
काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा प्याक गरेको अवस्थामा एक जनाको शव भेटिएको छ।
मंगलवार विहान बोराबाट बाहिर खुट्टा निस्किएको र जलेको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी वृत बौद्धका प्रमुख डीएसपी नविन कार्कीले लोकान्तरलाई जानकारी दिए ।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
अहिले सो क्षेत्रमा नेपाल प्रहरीको बौद्ध वृत्त र काठमाडौं परिसरको टोली पुगेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले जानकारी दिए ।