भारतको उडिसा र पश्चिम बंगालमा चक्रवाती तुफानी यासले विनाश मच्चाएपछि मरेका जनावरको लाश होटल र रेस्टुराँमा मासु पकाउन बेचिन सक्ने भनी बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सोमवार चेतावनी दिएकी छन् ।
जनावरको सिनो भण्डारण गरेर राखिएको ठाउँमा जाँचबुझ गर्न र छापा मार्न उनले प्रहरीका शीर्ष अधिकारीहरूलाई निर्देशन दिएकी छन् ।
‘सिनो होटल र रेस्टुराँलाई बेच्ने मानिस छन् । पछि त्यही सिनो ग्राहकहरूलाई बेचिन्छ । पहिले पनि हामीले यस्तो गिरोहको पर्दाफास गरेका थियौं,’ उनले भनिन् ।
सन् २०१८ को अप्रिल महिनामा प्रहरीले कोलकाता नजिक जनावरको सिनो राखिएको भेटेको थियो । सिनोलाई फर्मलडिहाइड जस्तो रसायन राखेर माइनस ४४ डिग्री सेल्सियस तापक्रममा राखिएको थियो । त्यसपछि सिनोलाई बंगाल, बिहार, उडिसा र असममा बेचिएको थियो ।
सबै सिनो डढाउन ममता बनर्जीले निर्देशन दिएकी छन् ।