
देशभर कोरोना भाइरस सङ्क्रमितमध्ये एक हजार ३२१ जना सघन उपचार कक्ष (आइसियु) र ३७२ जना भेन्टिलेटरमा छन् ।
आइसियुमा प्रदेश नं. १ मा २०२, प्रदेश नं. २ मा ७२, वागमतीमा ७३८, गण्डकीमा ११४, लुम्बिनीमा १३७, कर्णालीमा ३४ र सुदूरपश्चिम प्रदेशमा २४ जना रहेका छन् ।
त्यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा ३४, प्रदेश नं. २ मा २१, वागमतीमा २५४, गण्डकीमा २८, लुम्बिनीमा १९, कर्णालीमा ९ र सुदूरपश्चिम प्रदेशमा सात जना रहेका छन् । होम आइसोलेसनमा ७६ हजार ५५० र संस्थागत आइसोलेसनमा ६ हजार १८६ जना रहेका छन् ।