
तनहुँ समाज युकेले जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ ।
समाजले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सदस्यहरूबाट आर्थिक संकलन गरेको छ ।
जिल्लाका स्थानीय तहमा बनाइएका सम्पूर्ण आइसोलेसन केन्द्रमा अक्सिजन सिलिन्डर एवं स्वास्थ्य सामग्री सहयोग गर्ने संस्थाका अध्यक्ष लेख गुरुङले जानकारी दिए ।
समाजले सो कार्यका लागि हालसम्म ४ हजार ८८५ पाउन्ड उठाइसकेको छ । सो रकम स्थानीय नेपाल रेडक्रस सोसाइटीमार्फत जिल्ला उद्योग वाणिज्य संघलाई हस्तान्तरण गर्ने योजना रहेको अध्यक्ष गुरुङले बताए ।
जिल्लाका अधिकांश ठाउँमा कोरोना संक्रमण भएपछि सबैलाई न्यायोचित तथा समान वितरण होस् भनेर समाजले सबै स्थानीय तहलाई दिन खोजिएको र कोरोनाको अवस्था हेरी पुनः केही गर्नु परे संस्थाका सदस्यहरू तयार रहेको बताइएको छ ।