२७ असार २०८३, शनिबार

युवतीले बिहे गर्न कोरोना खोप लगाएकै दुलाहा खोजेकी हुन् ? भाइरल विज्ञापनको यस्तो रहस्य

जेठ २६, २०७८
युवतीले बिहे गर्न कोरोना खोप लगाएकै दुलाहा खोजेकी हुन् ? भाइरल विज्ञापनको यस्तो रहस्य

सामाजिक सञ्जालमा यतिबेला एउटा विज्ञापन भाइरल भइरहेको छ, जसमा बिहे गर्न चाहेकी युवतीले कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोप लगाएको दुलाहा खोजिरहेकी छन् ।

कोरोना महामारीका बेला भाइरल भइरहेको यस्तो वैवाहिक विज्ञापनका कारण कोरोनाबाट ज्यान जोगाउन मात्रै नभई विवाह गर्न पनि खोप लगाउनुपर्ने सन्देश प्रवाह भइरहेको छ ।

तर यस्तो विज्ञापन वास्तवमै सही नभएको पाइएको छ । खोपका लागि सकारात्मक सन्देश दिने काम ‘नक्कली’ विज्ञापनले गरिरहेको भएपनि विवाह गर्न खोप लगाएकै दुलाहा खोजिएको कुरा सही नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय कांग्रेसका सांसद शशि थरुरले यस्तो नक्कली विज्ञापन ट्विटरमा शेयर गरेपछि उनको मजाक उडाइँदैछ । यस्तो बेलामा पनि विवाहका विज्ञापन हेरेर बसेको भन्दै सामाजिक सञ्जालमा थरुरमाथि मजाक गरिँदैछ ।

विज्ञापनमा २४ वर्षीया एक युवतीले विवाहका लागि कोभिशिल्ड खोप लगाएको सुयोग्य वर खोजेकी छन् । ती युवतीले आफूले पनि खोप लगाइसकेको जनाएकी छन् ।

ट्विटरका एक प्रयोगकर्ताले त्यो विज्ञापन आफूले मोबाइल एपमार्फत बनाएको दाबी गरेका छन् । कोरोना विरुद्धको खोपबारे सकारात्मक सन्देश प्रवाह गर्न आफूले यस्तो विज्ञापन बनाएको र उद्देश्यमा सफल भएको ती व्यक्तिको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्