०४ असार २०८३, बिहीबार

बिहान–बिहानै बाबा रामदेवमाथि कांग्रेस नेताको प्रहार, सम्झिए त्यो घटना

जेठ २६, २०७८
बिहान–बिहानै बाबा रामदेवमाथि कांग्रेस नेताको प्रहार, सम्झिए त्यो घटना

योगगुरु बाबा रामदेवमाथि भारतीय कांग्रेसका नेता तथा पूर्व मुख्यमन्त्री दिग्विजय सिंहले राजनीतिक प्रहार गरेका छन् ।

बाबा रामदेवले भारतीय जनता पार्टी (भाजपा) को एजेन्टको रूपमा काम गरेको नेता सिंहको आरोप छ ।

कांग्रेस नेतृत्वको सरकार हुँदा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा रामदेवले साइकल र्‍याली गरेको घटना सम्झिँदै नेता सिंहले अहिले भाजपा नेतृत्वको सरकार हुँदा रामदेव चुप लागिरहेका बताए ।

नेता सिंहले ट्विटरमा लेखेका छन्, ‘ढोंगी रामदेवलाई चिन्न मान्छेहरूलाई धेरै समय लाग्यो । यी शुरूदेखि नै भाजपाका एजेन्ट बनेका थिए ।’

salt training

कमेन्ट गर्नुहोस्