३२ असार २०८३, बिहीबार

अमेरिकामा महिलामा देखियो मुसाबाट सर्ने हन्ताभाइरस

जेठ २६, २०७८
अमेरिकामा महिलामा देखियो मुसाबाट सर्ने हन्ताभाइरस

अमेरिकाको मिशिगनमा स्वास्थ्य अधिकारीहरूले मानवमा हन्ताभाइरसको केस देखिएको पुष्टि गरेका छन् । 

यो भाइरस मुसाको पिसाब, दिसा र थुकबाट सर्छ ।

मान्छेमा भाइरस सरेको यो पहिलो घटना हो । 

भर्खर सुकेको मुसाको मल नाकभित्र परेमा वा छाला काटिएको ठाउँमा परेमा वा मुसाले जुठो पारेको पानी पिएमा वा मुसाले टोकेमा हन्ताभाइरस सर्छ । 

मुसाको बिगबिगी भएको ठाउँमा सफा गर्न जाँदा यो भाइरस सर्ने सम्भावना बढी हुन्छ । 
 

मिशिगनको वाशतेनाव काउन्टीमा ती महिलाले दुई वर्षदेखि खाली रहेको भवन सफा गर्ने क्रममा तिनलाई भाइरस संक्रमण भएको हुन सक्ने देखिएको छ । 

महिलालाई अस्पतालमा भर्ना गरी उपचार गरिएको र उनी अहिले अस्पतालबाट डिस्चार्ज भइसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 
 

हन्ताभाइरस मानिसमा सर्ने केस अत्यन्तै दुर्लभ हुन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्