०४ साउन २०८३, सोमबार

अमेरिकाका धनाढ्यहरू लाजै पचाएर छल्छन् कर

जेठ २६, २०७८
अमेरिकाका धनाढ्यहरू लाजै पचाएर छल्छन् कर

संसारको १० शीर्ष धनाढ्यमध्ये आठजना अमेरिकी हुन् । 

एक ताजा समाचारमा उल्लेख भएअनुसार, अमेरिकाका २५ सर्वाधिक धनी व्यक्तिहरूले सन् २०१४ देखि २०१८ को बीचमा एकदमै कम कर तिरे, अझ कतिले तिर्दै तिरेनन् । 

न्युज अर्गनाइजेसन प्रोपब्लिकाले इन्टर्नल रेभेन्यु सर्भिसको आँकडाका आधारमा यो दाबी गरेको हो । 

अमेरिकाका सर्वाधिक धनाढ्यहरूको कुल सम्पत्ति ४०१ अर्ब डलर बढेको थियो । तर उनीहरू करका रूपमा जम्मा १३.६ अर्ब डलर मात्र तिरे । 
 

धनीहरूले अमेरिकाको कर प्रणालीको कमजोरीको फाइदा उठाएका हुन् । उनीहरूले गर्ने कमाइ अमेरिकाको कर व्यवस्थाको दायरामा पर्दैन । कम्पनीहरूको शेयर, भेकेसन हाम, याट र अन्य किसिमका लगानी कर लाग्ने आयअन्तर्गत पर्दैनन् । 

त्यसका सार्थ अमेरिकाको कर कानूनमा विभिन्न कमजोरी छन् जसले गर्दा कम मात्र कर तिरे पुग्छ वा नतिरिकनै टार्न पनि मिल्छ । 

अमेरिकाका राष्ट्रपति जो बाइडन देशमा समानताका लागि धनी अमेरिकीहरूमाथि कर लगाउन खोजिरहेका छन् । करको अधिकतम दर बढाएर उनी धेर कमाउनेमाथि दुईगुणा बढी कर तिराउन र पुर्ख्यौली सम्पत्ति करलाई परिवर्तन गर्न खोजिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्