
पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ३४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार १६ हजार ६१५ जनामा परीक्षण गर्दा ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५ हजार ७६८ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ ।
कोरोनाले थप ८१ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कूल संख्या ८ हजार १७९ पुगेको मन्त्रालयले जनाएको छ ।
