२३ असार २०८३, मंगलबार

एमालेको माग सम्बोधन भएन, आज पनि चलेन प्रदेशसभा

एमालेको माग सम्बोधन भएन, आज पनि चलेन प्रदेशसभा

कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक आज पनि चल्न सकेन । प्रदेशसभा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफूले यही जेठ २४ गते सभामा राखेको मागमा सरकारले ध्यान नदिएको भन्दै सभा अवरुद्ध गर्दै आएको छ ।
उक्त दिनको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कीर्ते जालसाजीसम्बन्धी फौजदारी अभियोग प्रमाणित भइसकेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई सरकारले पदमुक्त नगरे सदन चल्न नदिने जनाऊ दिएका थिए। त्यसपछि सभामुख राजबहादुर शाहीले यसबीचमा पटक पटक बैठक स्थगन गर्दै आएका छन् ।

यही जेठ २५ गते सरकार र प्रतिपक्षी दलबीच तीन घण्टा भन्दा लामो वार्ता भयो तर त्यसको टुङ्गो लाग्न नसक्दा प्रदेशसभाको बैठक नै बस्न सकेन । प्रदेशसभा सचिवालयले विशेष कारण देखाएर मङ्गलबारको बैठक पनि जेठ २६ गते दिउसो २ः०० बजेसम्मका लागि स्थगनको सूचना टासेको थियो ।

 आज पनि बैठकको प्रारम्भमै नेता कँडेलले सरकारले राजनीतिक प्रतिशोध, पात्रको भन्दा पनि प्रवृतिका विरुद्ध कुरा उठाइएको भन्दै सरकारले मन्त्री थापाको पदमुक्तको अडान कायम राखे । बैठक यही जेठ २७ गते दिउँसो २ः०० बजेसम्मका स्थगन भएको सूचना प्रदेश सचिवालये दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्