०८ असार २०८३, सोमबार

काँग्रेसका मन्त्रीहरुले लिए नेपाली भाषामा शपथ

काँग्रेसका मन्त्रीहरुले लिए नेपाली भाषामा शपथ

जसपा नेतृत्वको प्रदेश २ सरकारमा सहभागी भएका काँग्रेसका मन्त्रीहरुले नेपाली भाषामा शपथ लिएका छन् ।  उनीहरुलाई प्रदेश प्रमुख राजेश झाले शपथ गराउँदा नेपाली भाषामा लिएका हुन् ।
 जसपासँग दुई बुँदे सहमति भएसँगै सरकारमा सहभागी भएका काँग्रेसका ३ मन्त्रीले बुधबार राति  शपथ लिएका थिए ।

काँग्रेसबाट मन्त्री बन्नेमा  रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह रहेका छन् ।   यादव भौतिक पूर्वाधार, शर्मा ऊर्जा तथा सिँचाइ र सिंह महिला तथा बालबालिका मन्त्री चयन भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्