०६ असार २०८३, शनिबार

बालबालिकालाई सङ्क्रमणबाट जोगाउन आग्रह

बालबालिकालाई सङ्क्रमणबाट जोगाउन आग्रह

बर्दियामा कोरोना भाइरसको तेस्रो लहर फैलिए सबैभन्दा बढी बालबालिका सङ्क्रमित हुने जोखिम रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । चिकित्सकहरु यस्तो अवस्था आए सरकारी तयारी खासै नभएको गुनासो पोख्छन् ।
बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले दुई वर्षदेखि १६ वर्षसम्मका बालबालिकाका लागि अहिलेसम्म कुनै खोप नआएकाले उनीहरु बढी जोखिममा रहेको बताए  ।
 जिल्लामा हाल एक वर्षदेखि ११ वर्षसम्मका बालबालिका कोरोना सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले बर्दियाको प्रमुख गोकर्ण गिरीले जानकारी दिए  । स्वास्थ्य कार्यालय बर्दियाको प्रमुख गिरीले दिएको जानकारी अनुसार शनिबारसम्म २७ जना बालक र २२ जना बालिका सङ्क्रमित भएका छन् । कोरोना सङ्क्रमित बालबालिका होम आइसोलेसनमा बसेका छन् । दोस्रो चरणको कोरोना फैलिएपछि बर्दियामा १८२ जना बालबालिका निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये बालक ९६ र बालिका ८३ रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्