२४ असार २०८३, बुधबार

बूढानीलकण्ठमा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित

बूढानीलकण्ठमा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित

बूढानीलकण्ठ नगरपालिकाले बिहीबारको कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम स्थगित​ गरेको छ ।

  चाइनिज भेरोसेल खोप आवश्यक मात्रामा आपूर्ति हुन नसकेपछि बिहीबार हुने कार्यक्रम अनिश्चितकालका लागि स्थगन भएको प्रवक्ता नवराज भट्टराईले जानकारी दिए । 

मङ्गलबारदेखि शुरु भएको खोप कार्यक्रममा सो दिन  एक हजार ४०९ जनाले लगाएका थिए । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंँले मागअनुसारको खोप उपलब्ध गराउन नसकेपछि यही जेठ २७ गतेको निर्धारित खोप कार्यक्रम स्थगन गर्ने निर्णय गरिएको नगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख कुमारप्रसाद दाहालले जानकारी दिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ को बैठकले जेठ २५ देखि २७ गतेसम्म ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई चाइनिज भेरोसेल खोपको पहिलो मात्रा दिइने निर्णय गरेको थियो । सोहीअनुरूप बूढानीलकण्ठ नगरपालिकाले तीन केन्द्रबाट सोमबार, मंगलबार र बुधबार खोप कार्यक्रम सञ्चालन गरेको थियो ।

  

salt training

कमेन्ट गर्नुहोस्