०४ असार २०८३, बिहीबार
थपिँदै मन्त्री

मन्त्रिपरिषद्ले पूर्णता पाउँदा बादलका पतिपत्नी 'आलोपालो', माधव नेपाललाई छाडेका पहाडी पुरस्कृत !

मन्त्रिपरिषद्ले पूर्णता पाउँदा बादलका पतिपत्नी 'आलोपालो', माधव नेपाललाई छाडेका पहाडी पुरस्कृत !

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

आफू मातहत राखिएका मन्त्रालयमा प्रधानमन्त्री ओलीले एमाले, पूर्वमाओवादी समूह र राजपालाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।

उच्च स्रोतका अनुसार गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त हुँदैछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा नियुक्त हुने लगभग निश्चित भएको छ ।

वन तथा वातावरण मन्त्रालयमा नारदमुनी राना, संघीय मामिला तथा सामान्य प्रशासनमा गणेश पहाडी र प्रधानमन्त्री कार्यालय हेर्ने मन्त्रीमा मोहन बानियाँ नियुक्त हुँदैछन् ।

कृषिमा ज्वालाकुमारी साह, उद्योग तथा आपूर्तिमा राजकिशोर यादव र आशा विक वन राज्यमन्त्रीमा नियुक्त हुँदैछन्  । 

उनीहरू को शपथ ४ बजेका लागि तय भएको बालुवाटार स्रोतले बतायो । 

बादलको परिवारमा आलोपालो !

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा ७ वटा मन्त्रालयसहित सहभागी भएको एमालेभित्रको पूर्व माओवादी समूहले २ वटा मन्त्रालय पाएको छ ।

एमालेमा प्रवेश गरेका अधिकांश प्रभावशाली नेताहरूलाई मन्त्री बन्न सर्वोच्चले रोक लगाएपछि दुईजना महिलाले सरकारमा नेतृत्व गर्ने भएका छन् । 

बिहीवार विस्तार हुन लागेको मन्त्रिपरिषद्मा निवर्तमान गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा मन्त्री बन्न लागेकी हुन् । 

उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय दिन लागिएको बालुवाटार स्रोतले बतायो । पूर्वमाओवादी खेमाबाट ज्वालाकुमारी शाह कृषि मन्त्री बन्ने भएकी छिन् ।

एमालेमा लागेपछि उनको प्रदेश सभा सदस्य पद खुस्किएको थियो । 

आफू मन्त्री बन्न नपाएपछि पत्नीलाई मन्त्री बनाएको भन्दै रामबहादुर थापाको आलोचना भएको छ ।

२०७७ पुसमा प्रतिनिधि सभा विघटन भएलगत्तै नेकपा विभाजन हुँदा थापाले केपी ओलीलाई साथ दिएका थिए । 

रामबहादुर थापाकी पत्नी नैनकला थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष बनेकी थिइन् ।

माधव नेपाल पक्ष छाडेका पहाडी पनि पुरस्कृत !

लामो समय माधव नेपाल–झलनाथ खनाल क्याम्पमा रहेका गणेश पहाडी संघीय मामिला तथा समान्य प्रशासन मन्त्री बन्ने भएका छन् ।

२०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पहाडी सिन्धुलीबाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।

माधव नेपाल समूहमा सक्रिय भएपनि उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्न मानेका थिएनन् । 

salt training

कमेन्ट गर्नुहोस्