माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
जेठ २७, २०७८
कोरोनाभाइरस (कोभिड– १९) संक्रमण फैलिएपछि पहिलो पंक्तिमा र सबैभन्दा धेरै खट्नेमा अहिले नेपाल प्रहरी छ ।
त्यसमा पनि सडकमा चौबीसै घण्टा काम गर्ने प्रहरी जवानदेखि प्रहरी नायब निरीक्षक (सई)हरूको दैनिकी धेरै व्यस्त छ ।
कोरोना भाइरसको संक्रमण फैलिएसँगै सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौं लगायतका देशका विभिन्न जिल्लामा निषेधाज्ञा शुरू गर्यो ।
सडकमा उभिएका प्रहरीले निषेधाज्ञा शुरू भएपछि कोरोना भाइरसबाट जोगिनका लागि पर्सनल प्रोटेक्टिभ गियर अर्थात् पीपीई लगाएर उभिएका हुन्छन् ।
जेठ असारको घाममा पीपीई लगाएर ८/१० घण्टा ड्युटी गर्ने कुरा सामान्य मान्छेले परिकल्पना पनि गर्न सक्दैन ।
पीपीई लगाएको १० मिनेटमै पसिनाले उकुसमुकुस हुन्छ ।
तर अहिले प्रहरी जवानहरू १० घण्टासम्म पीपीई लगाएर उभिएका छन् ।
काठमाडौंको बल्खु चोकमा ड्युटीमा भेटिएका प्रहरी जवान अजय मण्डलले पीपीई लगाएको ५ मिनेटपछि पसिना आउन शुरू हुने र बेलुकासम्म आफ्नो शरीर आफैंलाई गनाएर वान्ता नै होलाजस्तो हुने बताए ।
‘पाँचै मिनेटमा पसिना आउँछ । बेलुकासम्म त शरीर गनाएर वान्ता नै आउला जस्तो हुन्छ,’ उनले लोकान्तरसँग भने, ‘पीपीई लगाएर हामी जनताको सुरक्षामा खटिएका छौं, कतिपयले त धम्की पूर्ण भाषा बोल्नुहुन्छ ।’
उनीसँगै खटिएका ट्राफिक प्रहरी जवानको बुझाइ पनि उस्तै छ । बिहानदेखि बेलुकासम्म पीपीई लगाउँदा बेलुका शरीर चिलाएर सुत्न समेत अप्ठ्यारो हुने उनले बताए ।
‘दिनकै पीपीई लगाउँदा घाउ आउला जस्तो भएको छ, चिलाएर रातभरि सुत्न सकिँदैन कहिलेकाँही त,’ ती जवानले लोकान्तरसँग भने, ‘तर देशको सेवा गर्न जागिर खाएको, घाम पानी भन्न मिलेन ।’
पीपीई दैनिक लगाउँदा शरीरमा पसिनाले गर्दा घाउखटिरा समेत आउने गरेको छ । शरीर चिलाएर एलर्जीको समेत उपचार गर्नुपरेको सोह्रखुट्टेमा खटिएका एक प्रहरी जवानले बताए ।
‘दिउँसोभरी पीपीई लगाउँदा पसिनाले खटिरा नै आएछन् । मेडिकलमा औषधि किनेर उपचार गरेँ,’ उनले लोकान्तरसँग भने, ‘एलर्जी भएर अहिले पीपीई लगाउँदा पोल्छ ।’
दैनिक हातमा स्यानिटाइजर लगाउँदा–लगाउँदा छाला समेत गएको र त्यसको पनि उपचार गरेको उनले बताए ।
यस्तै पानी पर्दा पनि नछेक्ने घाम लाग्दा पनि समस्या हुने गरेको कलंकी चोकमा खटिएका प्रहरी वीरेन्द्र सिंह कार्कीले बताए ।
‘घाम लाग्दा पसिना आउँछ, पानी पर्दा भित्र पानी छिर्छ, बाहिरबाट रेनकोट लगाउन मिल्दैन,’ कार्कीले भने, ‘यो पीपीई घाम लागे पनि काम छैन । पानी आए पनि काम छैन ।’
कोरोना संक्रमितको उपचार गर्ने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको उच्च जोखिम भएकाले उनीहरूले पीपीई लगाउनु अनिवार्य छ तर खुला ठाउँमा सामाजिक दूरी कायम र स्वास्थ्यका मापदण्ड अपनाएर ड्युटी गरिरहेका प्रहरीले पीपीई नलगाउँदा पनि हुन्छ भन्ने कतिपयको बुझाइ देखिन्छ ।
‘हामी त खुल्ला ठाउँमा ड्युटी गर्छौं, त्यसमा पनि सामाजिक दुरी कायम हुन्छ, पीपीई लगाउनु पर्छ भन्ने हुन्छ जस्तो लाग्दैन,’ एक प्रहरी नायब निरीक्षकले भने, ‘एकचोटी हाकिमहरूले पीपीई लगाएर १ घण्टा उभिनुपर्ने, तब थाहा हुन्थ्यो ।’
प्रहरीको आफ्नो पोशाक हुने भएकाले सर्वसाधारणले पीपीई लगाएपछि प्रहरी हो या होइन भन्ने पनि दुविधामा परेको उनले बताए ।
सुरक्षाकर्मीलाई उपलब्ध गराएको पीपीईमा निजी संघ संस्थाले आफ्नो लोगो र कम्पनीको विज्ञापन छाप्दा सर्वसाधारण अलमलमा पर्ने गरेको प्रहरी बताउँछन् ।
ड्युटीमा खटिने प्रहरी कर्मचारीलाई पीपीईभन्दा ब्यारेक र कार्यालहरूमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन जोडदिनुपर्ने कतिपय प्रहरी अधिकृतहरूको बुझाइ छ ।
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...