०९ साउन २०८३, शनिबार

माओवादीले प्रदेश सांसदबाट बर्खास्त गरेकी ज्वालाकुमारी संघ सरकारमा मन्त्री !

माओवादीले प्रदेश सांसदबाट बर्खास्त गरेकी ज्वालाकुमारी संघ सरकारमा मन्त्री !

नेकपा माओवादी केन्द्रले २ नम्बर प्रदेशसभा सदस्यबाट बर्खास्त गरेकी ज्वालाकुमारी साहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारमा मन्त्री बनाएका छन् ।

नेकपा एमालेतिर लागेका कारण माओवादीले बर्खास्त गरेकी प्रदेश सांसद साहलाई संघीय सरकारमा कृषि तथा पशुपन्छी विकास मन्त्री बनाइएको छ ।

बिहीवार गरिएको मन्त्रिपरिषद् विस्तारमा ज्वालालाई कृषिमन्त्री बनाइएको छ ।

सर्वाेच्च अदालतले नेकपा एकता बदर गर्दै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि ज्वाला एमालेतिर लागेकी थिइन् । ज्वाला २ नम्बर प्रदेशका प्रभावशाली नेता प्रभू साह निकट मानिन्छिन् ।

salt training

कमेन्ट गर्नुहोस्