
पछिल्लो २४ घन्टामा मुलुकभर थप २ हजार ८७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१५ हजार २ सय ३८ पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पाइएको बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै मुलुकभर ६ लाख १९ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।
यस दिन ५९ संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुुगेको छ ।
बिहीवार ५ हजार २ सय ९३ संक्रमण मुक्त भएका छन् । यससँगै मुलुकभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख १५ हजार ५ सय ९१ पुुगेको छ ।