१९ असार २०८३, शुक्रबार
मन्त्रिपरिषद् बैठक

नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशनः जनताको पक्षमा इमान्दारिताका साथ काम गर्नुस्

नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशनः जनताको पक्षमा इमान्दारिताका साथ काम गर्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्तसहित सबै मन्त्रीहरुलाई जनताको पक्षमा इमान्दारीताका साथ काम गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले सो निर्देशन दिएका हुन् ।

‘सरकारले मध्यावधि निर्वाचन गरेको छ । सरकारको अहिलेको एकमात्र लक्ष्य सफलतापूर्वक चुनाव सम्पन्न गराउनु हो । यो कुरालाई आत्मसाथ गर्दै तपाईँहरु जनताको पक्षमा काम गर्न लागिपर्नुस्’, बैठकमा मन्त्रीहरुलाई निर्देशन दिँदै ओलीले भने ।

उनले सुखी नेपाली समृद्ध नेपालको नारालाई आत्मसात गर्दै अघि बढ्न पनि निर्देशन दिए । सो क्रममा आफूले नेतृत्व सम्हालेपछि जनताको पक्षमा काम गर्न लागिपरेको र त्यसका लागि सबै मन्त्रीहरुले पनि इमान्दार भएर प्रयास गर्नुपर्नेमा उनको जोड थियो ।

एक मन्त्रीका अनुसार आजको बैठक परिचयात्मक र निर्देशनात्मकमै सीमित थियो ।

प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै २५ सदस्यीय बनाएका छन् भने आज थपिने मन्त्रीमा ७ मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।

यसैबीच यस्तै बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्