कर्णाली प्रदेशसभामा विनियोजन विधेयक पेश

कर्णाली प्रदेशसभामा  विनियोजन विधेयकको प्रस्ताव पेश गरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्ष २०७८÷०७९ नीति तथा कार्यक्रमका लागि विनियोजन विधेयक आज सभामा पेश गरेका हुन् ।

सभामुख राजबहादुर शाहीले प्रदेशसभा नियामावली, २०७४ को परिच्छेद (१७) को विनियोजन तथा अर्थ विधेयक सम्बन्धी कार्यविधि बमोजिम विनियोजन विधेयक, २०७८ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु सभामा समक्ष प्रस्तुत गरी सो माथि छलफल गरियोस भनि प्रस्ताव पेश गर्न योजनामन्त्री शर्मालाई समय दिएका थिए ।


Advertisement

विनियोजन विधेयकको प्रस्ताव सभामा पेश गर्दै उनले रोजगारी सृजना गर्ने र गरिबी तथा भोकमरी अन्त्य गर्ने गरी सरकारले बजेट निर्माण गरेको बताए । कोभिड रोकथाम तथा नियन्त्रण, लगानी सम्मेलन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बजेट तथा कार्यक्रमका उद्देश्यहरु रहेको उनको भनाइ थियो । 

कमेन्ट गर्नुहोस्