०८ असार २०८३, सोमबार

सरकारको प्रवक्तामा आजै मन्त्री नियुक्त भएकी नैनकला थापा चयन

सरकारको प्रवक्तामा आजै मन्त्री नियुक्त भएकी नैनकला थापा चयन

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सरकारले प्रायः सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ । थापा आजै सञ्चारमन्त्रीमा नियुक्त भएकी थिइन् । प्रधानमन्त्री ओलीले आजै  सात मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । थापा पूर्व गृहमन्त्री रामबहादुर थापाकी पत्नी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्