साउदी अरबका ऊर्जामन्त्री अब्दुलअजीज बिन सलमानले देश अब तेल उत्पादक राष्ट्र नरहेको बताएका छन् ।
यसै साता एस यान्ड पी ग्लोबल प्लाट्समा उनले भने, ‘साउदी अरब तेल मुलुक हैन, यो ऊर्जा उत्पादक मुलुक हो ।’
साउदीले ग्यास, नवीकरणीय ऊर्जा र हाइड्रोजन लगायतका हरित महत्त्वकांक्षा राखेको छ ।
‘विश्वलाई यो वास्तविकता स्वीकार गर्न म आग्रह गर्छु । यी गतिविधिमा हामी विजयी हुनेछौं ।’
साउदी ग्रीन इनिसिएटिभ अन्तर्गत साउदीले तेल बिक्री गरेर हरित महत्त्वाकांक्षा पूरा गर्नेछ । साउदीले सन् २०३० सम्ममा नवीकरणीयमार्फत ५० प्रतिशत ऊर्जा सिर्जना गर्न खोज्दैछ । तेलप्रतिको निर्भरता घटाउन उसले कोशिश गरिरहेको छ । सन् २०१७ मा साउदीको समग्र ऊर्जाको ०.०२ प्रतिशत थियो ।
तर साउदी अरबले तेलको ब्यारल घटाउने भन्ने यसबाट अर्थ लाग्दैन । अनि उसले तेल र ग्यासका परियोजनामा लगानी रोक्ने योजना पनि उसले बनाएको हैन ।
अबका केही दशकसम्म साउदी अरब नै प्रभुत्वशाली ऊर्जा रहने साउदी अरबको भनाइ छ ।